• २०८१ बैशाख १५ शनिबार

राप्रपाले जिल्ला अधिवेशन गर्ने अवधि कार्तिक १४ सम्म थप्यो

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला अधिवेशन गर्ने समय कार्तिक १४ गतेसम्म थप गरेको छ ।

राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने समय कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा जनाइएको हो ।

राप्रपाका त्रय अध्यक्षहरु कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहोनीको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले महाधिवेशन केन्द्रित हुदै विभिन्न निर्णय गरेको छ ।

राप्रपाले गरेका निर्णयहरु: 

१. आगामि २०७८ कार्तिक २७, २८, २९ र ३० गते काठमाण्डौमा हुने महाधिबेशनलाई मध्यनजर राख्दैः

क) सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद २०७८ कार्तिक १० गतेसम्मका लागि थप गर्ने ।

ख) जिल्ला अधिबेशन गर्ने अवधि २०७८ कार्तिक १४ गतेसम्म थप गर्ने ।

ग) प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म गर्ने ।

घ) ७ वटै प्रदेश कार्य समितिको अधिबेशन २०७८ कार्तिक २३ गतेसम्म थप गर्ने

२. प्रदेश नं. २ तथा भक्तपुर र पाँचथर  जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद २०७८ कार्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिबेशन २०७८ कार्तिक २३ गतेसम्म गर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै