• २०८१ जेठ २ बुधबार

गठबन्धनले चाहेमा 'अर्ली इलेक्सन' हुन सक्छ- प्रधानमन्त्री देउवा

kharibot

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनले भनेमा अर्ली इलेक्सन हुनसक्ने बताएका छन् ।

अविरल वर्षाका कारण बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षण गर्न सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले चाहेमा 'अर्ली इलेक्सन' हुनसक्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले भने-‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

साथै उनले बाढीपहिरोले निम्त्याएको क्षतिबारे अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । देउवाले भने-‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ। पूर्वमा पनि यस्तै क्षति भएको छ। म त्यहाँ पनि जाँदैछु। अहिले उद्धार र राहतको काम भइरहेको छ। दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

यस्तै  प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने बताउदै देउवाले भने-‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ। एमसीसी पास हुन्छ। यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै