• २०८१ बैशाख २४ सोमबार

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

kharibot

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।

आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेपछि देउसीभैलो खेल्न नदिने निर्णय गरेको हो ।

कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ ।

देउसी भैलो तथा नाचगान गर्दा शान्तिपूर्ण तरिकाले गर्नुपर्ने भनिएको छ ।

जिल्ला प्रशासनको सूचना:  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै