काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्ठरोगीहरुलाई सहयोग गरेको छ ।
फाउन्डेसनले कुष्ठरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७ हजार रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
उक्त सहयोग रकम एक समारोहका बीच गत शुक्रबार बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य श्री सूर्य प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदैजाने जानकारी गराए ।