• २०८१ बैशाख ३१ सोमबार

पुर्वराजालाई देउवाको चुनौती- गणतन्त्रविरुद्ध नलाग्नुस्, शासन गर्ने मन भए चुनाव लडे भयो

kharibot

तस्बीर: सुजीत तिमल्सिना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विरुद्ध गतिबिधि नगर्न चेतावनी दिएका छन् ।

गणेशमान सिंहको १०७औं जन्मजयन्तीमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रविरुद्ध गतिविधि नगर्न चेतावनी दिदै शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका हुन् ।

 प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको विकल्प छैन। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरूका विकल्प पार्टी नै हुन् । जनताभन्दा ठूलो शक्ति केही छैन। जनता नै यो देशको मालिक हो ।’ 

प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विरुद्ध अहिले मान्छेहरु सल्बलाउन थालेको बताउदै गणतन्त्र पूर्वराजा ज्ञानेन्द्रले पनि ल्याएको र यसको विरुद्ध कुनै हालतमा जान नहुने बताए ।

उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउदै प्रजातन्त्रको खिलापमा लागेर नहुने बरू चुनाव लडन सुझाव दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै