• २०८१ जेठ ४ शुक्रबार

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

kharibot

वालिङ । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउने भएको छ ।

आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु यहाँ आउने भएको आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिए । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती  (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजासँगसँगै उनीहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै