• २०८१ जेठ २ बुधबार

अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

kharibot

सिड्नी । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा आगो लागेपछि एक महिला पक्राउ परेकी  छन् । अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउाट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् ।

आफु बसेको होटलको बेडमा आगो लगाएको उनीमाथि आरोप लागेको छ । उनी आइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन् । 

आगो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो । आगलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला आगलागीको घटना सार्वजनिक भएको हो ।

ओमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ । 

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगको सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै