• २०८१ बैशाख २५ मंगलबार

गोर्खा ब्रुअरीले ल्यायो फायर मून- विन्टर वार्मर बियर

kharibot

काठमाडौँ । गोर्खा ब्रुअरीले यो जाडो मौसमको लागि नेपालको पहिलो विन्टर वार्मर बियर  'फायर मून' ल्याएको छ । यो विन्टर वार्मर बियर, नेपालको कठ्याङ्ग्रीने जाडोको लागि निकै नै उपयुक्त छ ।

फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पर्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ । हप्स, माल्ट र यिस्ट बाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवा जस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन् ।

अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ ।

यसको रङ्ग उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ र यसले जाडो मौसममा न्यानो दिने काम गर्छ ।

५ प्रतिशत अल्कोहलका साथ फायर मून ३३० एमएलमा  प्रति बोतल १८० रुपैयाँमा उपलब्ध रहेको छ ।

विन्टर वार्मर बियर पुल–अफ क्यापको साथ आउँछ, जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाईस्ड–अप बियरको मजा लिन सकिने गोर्खा ब्रुअरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै