• २०८१ बैशाख १५ शनिबार

मेसी र एम्बाप्पेको २-२ गोलमा पिएसजी विजयी

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पिएसजीले क्लब ब्रुगेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनेल मेसी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए । एम्बाप्पेले खेलको दोस्रो र सातौ मिनेटमा गोल गरेका थिए भने मेसीले खेलको ३८औँ र ७६औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै क्लब ब्रुगेका लागि एक गोल माट्स रिट्सले गरेका थिए ।

यो जितसँगै पिएसजी समुह ए मा दोस्रो हुदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । पिएसजीको ६ खेलमा ११ अंक रहेको छ ।

त्यस्तै यसै समुहको अर्को खेलमा आरबि लेइपजिगले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेइपजिंगले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेर आफुलाई युरोपा लिगका लागि छनौट गरेको छ ।

सिटी पराजित भएपनि यस समुहमा ६ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ । 

अहिलेसम्म च्याम्पियन्स लिगको नकआउट चरणमा एटलेटिको म्याड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी, अयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, पिएसजी, स्पोर्टिंग सिपि र इन्टर मिलान च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय