• २०८१ बैशाख १५ शनिबार

इन्टरमिलानमाथि रियल म्याड्रिडको जित

kharibot

काठमाडौँ ।  युइएफ़ ए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टरमिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा रियल म्याड्रिडले इन्टरमिलनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा टोनी क्रूज र मार्को असेन्सियोले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ६४औँ मिनेटमा नोकोलो बरेलाले रातो कार्ड पाएपछि इन्टर मिलान १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल म्याड्रिड समुह डी मा ६ खेलमा १५ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ भने इन्टर मिलान हारपछि पनि ६ खेलमा १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

रियल र इन्टरसँगै अहिलेसम्म एटलेटिको म्याड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी, अयाक्स, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, पिएसजी  र स्पोर्टिंग सिपि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय