• २०८१ बैशाख १५ शनिबार

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार सात सय पाँच पैयाँ कायम भएको महसंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय