• २०८१ बैशाख १४ शुक्रबार

देउवाविरुद्ध मिलेर लड्न सिटौलालाई पौडेलको प्रस्ताव

kharibot

काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्का नेता कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।

बुधबार सिटौलाको निवास पुगेका पौडेलले मिलेर महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध लड्न प्रस्ताव गरेका हुन् ।

नेता पौडेलले वैचारिक रुपमा मिलेर देउवाविरुद्ध लड्ने प्रस्ताव गरेको एक नेताले बताए । पौडेलले हिजो देउवाविरुद्ध दुवै जना लडेको भन्दै अहिले मिल्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका थिए ।

पौडेलको प्रस्तावपछि सिटौलाले आफुले निर्णय गरिनसकेको र सँगै अगाडी बढ्न आधारहरु तयार हुनुपर्ने जवाफ दिएको बताइएको छ ।

संस्थापन इतर पक्षमा पौडेलको पक्षमा सहमति हुने सम्भावना बढेपछि उनले सिटौलालाई भेट गरेको बताइएको छ । जिल्ला र प्रदेशमा देउवा र सिटौला पक्षले अघोषित एकता गरेकाले केन्द्रीय महाधिवेशनमा पनि त्यस्तै एकता हुने विश्लेषण गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै