काठमाडौँ । नेपालमा थप २८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २५५ र एन्टीजेन परिक्षणबाट २५ गरि कुल २८० जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ९६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार १६८ पिसिआर र ३००६ नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार १७४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २३९ पुगेका छन् । त्यस्तै आइसीयुमा १२८ जना छन् भने देशभर २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा ३२६ जना छन् भने होम आइसोलेसनमा ५ हजार ९१३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ६ लाख ९९ हजार २६२ र पूर्ण मात्रा ८८ लाख ६९ हजार ६७ ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार ३२९ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।