काठमाडौँ । भारतले रोहित शर्मालाई टी-२० पछि एकदिवसीय टिमको कप्तान बनाएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विराट कोहलीलाई एकदिवसीय कप्तानबाट हटाएर रोहित शर्मालाई कप्तान बनाएको हो ।
रोहितले भारतको दक्षिण अफ्रीका टुरमा एकदिवसीय टिमको कप्तानी गर्दै तीन खेलको सिरिजबाट आफ्नो एकदिवसीय कप्तानी शुरु गर्ने छन् ।
भारतले टी-२० र एकदिवसीय खेलको एकै कप्तान हुनुपर्ने भन्दै टी-२० पछि एकदिवसीय कप्तानमा पनि रोहितलाई चयन गरेको छ ।
विराट भने २०१७ मा मेहन्द्र सिंह धोनीले राजीनामा दिएपछि एकदिवसीय कप्तान बनेका थिए ।
त्यस्तै भारतीय टिमको टेस्ट टिममा रोहित शर्मालाई उपकप्तान बनाइएको छ । यसअघि आजिख्य रहाने उपकप्तान थिए ।
दक्षिण अफ्रीका टुरमा भारतले तीन टेस्ट र तीन एकदिवसीय खेलको सिरिज खेल्ने छ । टुरको शुरवात डिसेम्बर २६ देखि पहिलो टेस्टबाट हुने छ ।