छिटफुट वर्षा र हिमपातको सम्भावना

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । 

उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ । 
यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ ।

उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक÷दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ । 
बुधबार मौसम बदली भएका कारण आज काठमाडौँको न्यूनतम तापक्रम बढेर ६।५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ ।

यही १४ गते आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो । यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । 

सम्बन्धित समाचार

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका

हुम्लामा हिमपात

हुम्ला / हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।  आइतबार बिहानबाट शुरु

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

कोस्टारिका । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा

आगामी तीन दिन बदली र वर्षा हुने 

काठमाडौँ। आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो


z