• २०८१ बैशाख १४ शुक्रबार

ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा 

kharibot

काठमाडौं । ज्योति बिकास बैंकले काठमाडौको ठमेलमा पनि शाखा खोलेको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्याम राज तिवारी तथा बैंकका अध्यक्ष हरी चन्द्र खड्काले एक कार्यक्रमका बिच बिहिबार उक्त शाखाको समुुद्धघाटन गरेका हुुन् । 

बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम गरी ९ बजे विधिवतरुपमा ठमेल शाखा कार्यालय उद्घाटन भएको हो । बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

बैंक संचालनमा आएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, तीन सय  ६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब एक लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड रुपैयाँ कर्र्जा लगानी गरेको छ ।

बैंकले हाल बोनस सेयर समेत गरी चुक्ता पुंजी दुुई अर्ब ५९ करोड रुपैयाँ पुुगेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै