• २०८१ बैशाख २२ शनिबार

कोरोनाविरुद्धको भ्याक्सिन बेच्ने दुई स्वास्थ्यकर्मी पक्राउ

kharibot

जनकपुरधाम । कोरोनाविरुद्धको भ्याक्सिन विक्री गर्ने दुई जना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बस पार्कबाट पक्राउ गरेको हो । 

महोत्तरी जिल्ला महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौं हतका हेल्थ एसिस्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्ण कुमार यादवालाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । उनीहरूबाट ३ थान भ्याक्सिनसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । 

नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क दिँदै आएको उक्त भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बच्दै आएको सूचनाको आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै