• २०८१ जेठ ५ शनिबार

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

kharibot

उरुम्क्वी, चीन । चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।

उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित हुनुभएको थियो । 

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनि सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,” उनका एक आफन्तले भने । 

उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै