• २०८१ जेठ १ मंगलबार

यु–१९ महिला साफ: श्रीलंकाविरुद्ध बंगलादेशको एक दर्जन गोल, फाइनलमा भारतविरुद्ध खेल्ने

kharibot

काठमाडौं । बंगलादेश जारी यु–१९ महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई १२-० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।

योसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ । यस अघि भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

अब फाइनल खेलमा भारत र आयोजक बंगलादेशबीच प्रतिष्पर्धा हुने छ । फाइनल खेल आगामी बुधबार हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै