• २०८१ बैशाख १५ शनिबार

काँग्रेसको मधेसीतर्फ विनोद चौधरीसहित को को बने केन्द्रीय सदस्य ?

kharibot

काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ ।

मधेसीतर्फको केन्द्रिय सदस्यमा ४ जना देउवा पक्षका र एक जना कोइराला पक्षबाट विजयी भएका छन् ।

जसअनुसार अजय चौरासिया, विनोद चौधरी, दिनेश कुमार यादव, महेन्द्रकुमार राय देउवा पक्षबाट विजयी भएका छन् भने चन्द्रमोहन यादव कोइराला पक्षबाट विजयी भएका छन् ।

सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा रहेका थिए भने ४६६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय