• २०८१ बैशाख २३ आइतबार

गोवामा रोनाल्डोको मूर्ति उद्घाटनपछि विवाद !

kharibot

काठमाडौँ । भारतको गोवामा फुटबलर क्रिस्टियानो रोनाल्डोको मूर्तिको अनावरण गरिएसँगै विवाद भएको छ । युवाहरुलाई प्रेरित गर्न पश्चिमी गोवामा राखिएको रोनाल्डोको मूर्ति अहिले विवादमा परेको हो । गोवामा फुटबल निकै लोकप्रिय समेत रहेको छ ।

तर यसमा राजनीतिक कारण देखिएको छ । गोवा यसअघि पोर्चुगल उपनिवेश हो, र यो राज्य पोर्चुगलबाट स्वतन्त्र भएको ६० वर्ष मात्र भएको छ ।

आलोचकहरूले स्थानीय फुटबल खेलाडीहरूलाई सम्मान गर्नुपर्ने भन्दै विदेशी खेलाडीको मूर्ति राख्ने कुराको विरोध गरेका छन् । उनीहरुले रोनाल्डोको ठाउमा अहिले भारतको राष्ट्रिय टिममा भएका गोवाकै खेलाडीहरुलाई थप सम्मान दिनुपर्ने बताएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार रोनाल्डोको मूर्तिको उद्घाटनको क्रममा, केही मानिसहरूले विरोधमा कालो झण्डा समेत देखाएका थिए ।

पोर्चुगलको फुटबल टोली गोवामा लोकप्रिय रहनुका साथै यसको औपनिवेशिक विगतका कारण धेरै स्थानीयहरू पोर्चुगलमा पनि बसेका छन्  ।

तर भारतीय राज्यका केही व्यक्तिहरूले गोवा अन्ततः पोर्चुगलबाट स्वतन्त्र भएको ६०औं वार्षिकोत्सवको उत्सवमा मूर्ति स्थापना गर्नु अपमानजनक महसुस गरेका छन् । भारतको बाँकी भाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि गोवा पोर्चुगलबाट स्वतन्त्र भएको थियो ।

तर सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का स्थानीय सांसद माइकल लोबोले मूर्तिसँगको आफ्नो तस्बिर ट्वीट गर्दै फुटबललाई अझ उचाइमा लैजान  प्रेरित गर्न र हाम्रा युवाहरूको अनुरोधमा रोनाल्डोको मूर्ति स्थापना गरिएको बताएका छन् ।

यद्यपि क्रिकेट भारतको सबैभन्दा लोकप्रिय खेल रहेपनि भारतका केहि राज्यहरु दक्षिणमा केरला, पश्चिममा गोवा, पूर्वमा पश्चिम बंगाल र सबै आठ उत्तर-पूर्वी राज्यहरूमा भने फुटबल निकै लोकप्रिय मानिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै