• २०८१ बैशाख २८ शुक्रबार

पूर्वपश्चिम राजमार्ग अबद्ध गर्ने सिके राउतका नौ जना कार्यकर्ता पक्राउ

kharibot

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग सिके राउत नेतृत्वको जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । जनमत पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो । 

सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै