• २०८१ बैशाख ७ शुक्रबार

एसेज सिरिजको अन्तिम खेलमा ईङल्याण्डले पायो २७१ रनको लक्ष्य

kharibot

काठमाडौँ । जारी एसेज सिरिजको अन्तिम खेलमा अस्ट्रेलियाले ईङल्याण्डलाई २७१ रनको लक्ष्य दिएको छ ।

खेलको तेस्रो दिन अस्ट्रेलिया दोस्रो इनिङमा १५५ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ११५ रनको अग्रताको आधारमा अस्ट्रेलियाले ईङल्याण्डलाई २७१ रनको लक्ष्य दिएको हो ।

अस्ट्रेलियालाई दोस्रो इनिंगमा सस्तैमा अलआउट गर्नेक्रममा ईङल्याण्डका बलर मार्क वूडले ६ विकेट लिएका थिए । 

अस्ट्रेलियाले पहिलो इनिंगमा ३०३ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा १८८ रन बनाएको थियो ।

अब ईङल्याण्डलाई सिरिजको पहिलो खेल जितका लागि २७१ रन बनाउनु पर्ने भएको छ ।

ईङल्याण्डले २७१ रनको लक्ष्य पछाउदै आफ्नो ब्याटिंग शुरु गरेको छ । यो समाचार तयार गरुन्जेल ईङल्याण्डले कुनै विकेट नगुमाएर ४८ रन बनाउदै राम्रो शुरुवात गरेको छ ।

५ खेलको सिरिज अस्ट्रेलियाले यसअघि नै ३-० ले जितिसकेको छ भने सिरिजको चौथो खेल ड्र भएको थियो ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै