• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा १० अंकको गिरावट

kharibot

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा १० अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै मंगलबार २२४ कम्पनीको एक लाख १५ हजार ९५८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज २८ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका बैंकिंग, होटल, म्युचुअल फण्ड र अन्य उपसूचक बाहेक सबै उपसूचकको मुल्य घटेको छ ।

नेप्सेका अनुसार आज ट्रेडिङ उपसूचकको सबैभन्दा बढी २.६३    प्रतिशतले घटेको छ भने आज अन्य उपसूचकको मुल्य १.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज समलिंग पावर कम्पनिको सबैभन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशीको शेयर मुल्य ८.११ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मानुषी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय