• २०८१ जेठ ६ आइतबार

अष्ट्रियामा सवैलाई खोप अनिवार्य गरिने

kharibot

भियना । अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ । 

आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । 

योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो यूरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ । 

कोरोना भाइरसविरुद्ध लड्नका लागि सवैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सवै पार्टीका सांसदहरु रहेको दावी गरिएको छ । 

भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएकाले संसदले पनि यस कानुनलाई पारित गर्ने अपेक्षा गरिएको छ । 

तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । 

पछिल्लो सरकारी विवरण अनुसार अष्ट्रियाका खोप लगाउन योग्य कुल जनसङ्ख्या मध्ये ७२ प्रतिशतले कोरोनाभाइरस विरुद्धको पुरै खोप लगाइसकेका छन् ।

कानुन पारित भएपछि निश्चित समयसम्म सरकारले स्वेच्छाले खोप लगाउन आह्वान गर्ने र मध्य मार्चपछि खोपविरूद्ध अफवाह फैलाउनेलाई प्रतिव्यक्ति चार हजार ८४ अमेरिकी डलर बराबरको जरिवाना गरिने पनि बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय