• २०८१ बैशाख १४ शुक्रबार

दक्षिण अफ्रीकाविरुद्ध भारत लगातार तेस्रो खेलमा विजयी, कोहलीले हाने ३४औ सतक

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्द जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि भारत विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा भारत १२४ रनले विजयी भएको हो ।

भारतीय कप्तान विराट कोहलीको नटआउट १६० रनको मद्धतले भारतले दिएको ३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४० ओभरमा १७९ रनमा अलआउट भएपछि भारतले खेल १२४ रनले जितेको हो । इन्जुरीका कारण आफ्ना प्रमुख खेलाडी गुमाएको दक्षिण अफ्रिकाको यो सिरिजमा लगातर तेस्रो हार हो । 

यस खेलमा दक्षिण अफ्रिकाका लागि जेपी डुमनीले ५१ रन बनाएका थिए भने कप्तान मर्क्रमले ३२ रन बनाएका थिए ।

दक्षिण अफ्रिकालाई सस्तैमा अलआउट गर्ने क्रममा भारतीय स्पिनर युजवेन्द्र चहल र कुलदीप यादवले ४-४ विकेट लिएका थिए भने जस्प्रित बुमराहले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिंग गर्न आएको भारतले कप्तान विराट कोहलीको नटआउट १६० र सिखर धवनको ७६ रनको मद्धतले ३०३ रन बनाउन सफल भएको थियो । यो सँगै विराट कोहलीले आफ्नो क्यारियरमा ३४औ एकदिवसीय सतक हानेका छन् ।

खेलको म्यान अफ द म्याच भारतीय कप्तान विराट कोहली बनेका थिए । यो जितपछि ६ खेलको सिरिजमा भारत ३-० ले अगाडी रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै