• २०८१ बैशाख १२ बुधबार

काँग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ

kharibot

काठमाडौं । नेपाली काँग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको छ । दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की पनि दावेदार थिए ।

पूर्वगृहराज्यमन्त्री एवं मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ ख बाट विजयी भएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै