• २०८१ बैशाख १५ शनिबार

काँग्रेसले बनायो कार्यसम्पादन समिति, को को परे ?

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

शुक्रबार भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको कार्यसम्पादन समिति सदस्यको नाम बैठकले नाम अनुमोदन गरेको हो ।

सभापति देउवासहित काँग्रेसका पदाधिकारी कार्यसम्पादन समितिमा पदेन सदस्य हुने वैधानिक व्यवस्था रहेको छ ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि पदेन सदस्य छन्।

कांग्रेसमा हाल १३ जना पदाधिकारी छन् भने कोषाध्यक्ष मनोनीत गर्न बाँकी नै रहेको छ । 

कार्यसम्पादन समितिमा नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना रहेका छन् ।

कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी नीतिगत बाहेकका निर्णय लिने र ति निर्णय त्यसपछि बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने काँग्रेसको विधानमा व्यवस्था रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय