• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलियन ओपनको उपाधि जित्दै बार्टीले रचिन् इतिहास

kharibot

काठमाडौं । अमेरिकी टेनिस खेलाडी ड्यानियल कोलिन्सलाई पराजित गर्दै अस्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर एक अस्लेग बार्टीले जितेकी छन् ।

बार्टीले अस्ट्रेलियन ओपन जितेर ४४ बर्षपछि पहिलो पटक घरेलु मैदानमा अस्ट्रेलियन ओपन सिंगल्स जित्ने खेलाडी बनेकी छन् ।

बार्टीले कोलिन्सलाई पहिलो सेटमा ६-३ ले पराजित गरेल्की थिइन् भने दोस्रो सेट ७-६ ले जितेकी हुन् । दोस्रो सेटमा ५-१ ले पछाडी परेकी बार्टीले कमब्याक गर्दै दोस्रो सेट जितेकी थिइन् । 

२५ बर्षिय बार्टीको यो तेस्रो सिंगल्स ग्राण्डस्लाम उपाधि हो । यस अघि उनले २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् भने २०२१ मा विम्बल्डनको उपाधि जितेकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै