इन्टरपोलको सहयोगमा १६ बर्षपछि हत्या आरोपी पक्राउ

खरीबोट
ad

काठमाडौँ । एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । 

विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो । 

घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो । 

सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

१० वर्ष सजाय पाएका फरार अपहरणकारी लामा पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन पुनरावेदन अदालत पाटनबाट १० वर्ष कैद र ५० हजार जरिवाना पाएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  प्रहरीले सिन्धुपाल्चोकका भरत भन्ने

 संविधान दिवसको विरोध गर्ने २० जना पक्राउ

परासी।  संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।  गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २०

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर। मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।  राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब

दुई किशोरीमाथि तेजाव आक्रमण गर्ने पक्राउ, अनुसन्धान जारी  

काठमाडौँ। एक साताअघि रौतहटका दुई बालिकालाई तेजाब आक्रमण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरिएको हो। १८ वर्षीया