महाशिवरात्रिको तयारी पूरा

खरीबोट

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

कोषका अनुसार दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको छ । 

कोषले माघ २९ गते साँझ ७ बजेदेखि ठूला सवारी साधनलाई महाराजगञ्ज चक्रपथ र कोटेश्वरबाट पशुपतितर्फ जान रोक लगाएको छ । पशुपतिनाथको दर्शन गर्न चाहने भक्तजनले जुन बाटोबाट पशुपति मन्दिर प्रस्थान गरेको हो सोही बाटोबाट फर्कनु पर्नेछ । 

त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

सञ्चालन भएन नेपाल–भारतमैत्री पशुपति धर्मशाला

काठमाडौँ /  नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले

माछापुच्छ्रे बैंकले दियो पशुपति क्षेत्र विकास कोषलाई लकर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमकाबीच आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।  उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरलाई दुईवटा सफा टेम्पो 

काठमाडौं । लक्ष्मी बैंकले आज काठमाडौंको पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।

लिलिबिलीपछि प्रदीप र जसिताको जोडी ‘लभ स्टेशन’ मा, पशुपतिमा भयो शुभमुहुर्त  

काठमाडौँ। फिल्म ‘रोज’ बक्सअफिसमा असफल भएपछि अभिनेता प्रदीप खड्काले नयाँ फिल्म ‘लभ स्टेशन’ को सुटिङ  तरखरमा रहेका छन्। फिल्म लभ स्टेशनको सोमबार पशुपति मन्दिरमा मुहूर्त गरिएको छ । यो फिल्ममा उनको


z