तनहुँको मेघदह माविका विद्यार्थीले ड्रोन बनाए

खरीबोट

फाइल तस्विर । 

ad

दमौली । तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । 

विद्यालयको २९औँ वार्षिकोत्सवका अवसरमा ती विद्यार्थीले ड्रोन बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण निर्माण गरी अभ्याससमेत गरेका थिए । 

ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक इलेक्ट्रो म्याग्नेट, पेन्सिल लाइट, सोलार बल्ब, मिनी भ्याकुम क्लिनर, मिनी मोटर पम्प, इलेक्ट्रिक डुंगा, पेरिस्कोप, बाइनोकुलर, इलेक्ट्रो म्याग्नेट, सिम्पल सेललगायत २० वटाभन्दा बढी उपकरण निर्माण गरी प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल रमेशबहादुर अधिकारीले जानकारी दिए । 

विद्यार्थीले एक हप्तामै विज्ञानका ती उपकरण निर्माण गर्न सफल भएको दाबी उनले गरे । आफ्ना बालबालिकाले महत्वपूर्ण विज्ञानका सामग्री निर्माण गर्दा अभिभावक भने दंग परेका थिए । 

सम्बन्धित समाचार

तनहुँको व्यास नगरपालिकामा एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

दमौल / तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐनसहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि बनाएको हो ।  नगरपालिकाका

क्षतिपूर्तिको विवादले पाँच दिनदेखि शव अस्पतालमै

तनहुँ । भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जाप्रति आपत्ति

दमौली। तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौँ। तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ ।  आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम


z