विकाससंगै मासिन थाले पुराना चौतारी

खरीबोट
ad

रामपुर । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ । 

गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् । गर्मीको समयमा शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्नका लागि गाउँघरमा लगाइएका वरपिपलसहितका चौतारीहरु अहिले विकास निर्माणका नाममा धमाधम मासिँदैछन् । पुराना पुस्ताले भने चौतारी जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेका छन् । 

रामपुर नगरपालिका क्षेत्रमा रहेका पुराना चौतारी सडक निर्माण तथा विस्तार गर्नेक्रममा स्थानीयद्वारा नै मासिन थालेका हुन् । रामपुर नगरपालिकाले गाउँका ग्रामीण सडकलाई प्राथमिकता दिएर काम गर्न थालेपछि चौतारी मासिँदै गएको हो । 

वरपिपलसहितको चौतारीमा स्थानीयले पूजाआजा गरेर यसको पौराणिक महत्वलाई ध्यानमा राखी संरक्षण तथा जगेर्ना गरेका चौतारी अहिले मासिन थालेपछि चिन्ता लागेको रामपुरका बृद्ध नेत्रप्रसाद तिवारी बताउँछन् । 

गाउँको विकास भएन भने जनता सधैँ अन्धकारमा बस्न बाध्य हुनेछन्, त्यसैले गाउँको विकास र परिवर्तनका लागि पुराना चौतारी मासेर सडक विस्तार गर्ने काम अगाडि बढाएको बहखोला सुन्दरटोल बसपार्क बाटो निर्माण समितिका सचिव सागर रेग्मी बताउँछन् । 

सडक विस्तार नहुँदा दुर्घटनाको जोखिम पनि बढेपछि रामपुरका विभिन्न ग्रामीण सडक मर्मत तथा विस्तारका क्रममा चौतारी हटाउन थालिएको रेग्मीको भनाइ छ ।

सम्बन्धित समाचार

कक्षा ३ मा ३ विद्यार्थी !

पाल्पा। रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र

पाल्पामा डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ

बुटवल-पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध

बुटवल।  सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । साेमबार सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडक खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तिनाउ

पाल्पामा व्यावसायिक बन्दै आरन पेशा

पाल्पा । रिब्दीकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीय स्तरमा स्वरोजगार बनाउन थालेको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत


z