बुटवल । पाल्पामा जीप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको र ८ जना घाइते भएको प्रहरीले जनाएको छ । केहि घाइतेहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका छन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।