काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।
एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।