• २०८१ बैशाख २१ शुक्रबार

कोरियन भाषा परीक्षाको आवेदन १४ चैतदेखि, परीक्षा तालिका पनि सार्वजनिक

kharibot

काठमाडौँ । कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । 

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।  

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने  उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।  

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ।  ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै