• २०८१ बैशाख २७ बिहीबार

रास्वपा उम्मेदवार मिलन लिम्बूद्वारा आचारसंहिता उलंघन, कारवाही थाल्दै आयोग

kharibot

काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । 

लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरुगरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् । लिम्बुले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै