• २०८१ बैशाख २२ शनिबार

नर्वेमा अभ्यासका क्रममा भएको विमान दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नर्वेमा उत्तरी एट्लान्टिक सन्धि संगठन (नेटो) को युद्ध अभ्यासका क्रममा भएको विमान दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु भएको छ । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सो दुर्घटनामा चार अमेरिकी सैनिक मारिएको जानकारी दिएका हुन् ।

उनले शुक्रबार अबेर राति भएको यो दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु भएको बताए । यी अमेरिकी सैनिकहरू नेटोको संयुक्त अभ्यासमा भाग लिएका थिए ।

नर्वेली सेनाका अनुसार दुर्घटनाग्रस्त विमान अमेरिकी नौसेनाको भी-२२बी ओस्प्रे थियो ।

नर्वेजियन सेनाले जारी गरेको विज्ञप्ति अनुसार उक्त विमानमा चार जना चालक दलका सदस्य थिए र यो नर्डल्याण्ड काउन्टीमा तालिम सञ्चालनमा भाग लिइरहेको थियो ।

नर्वेले उक्त विमान ‘कोल्ड रेस्पोन्स’ सैन्य अपरेशनमा सहभागी भएको जनाएको छ । यस अभ्यासको एक भागको रूपमा, नेटो सदस्य देशका सैनिकहरूले कडा चिसोको बीचमा नर्वेली सेनासँग 'प्रशिक्षण र सञ्चालन' गरिरहेका थिए ।

नर्वेका अनुसार यो अभ्यासको युक्रेन युद्धसँग कुनै सम्बन्ध छैन र यो धेरै पहिले नै योजना बनाइएको थियो । यसअघि वासिङ्टनले विमान बेपत्ता भएको जानकारी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै