कुकुर खोज्दै भक्तपुरका मेयर !

खरीबोट
ad

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता छोडेर मेयर सुनिल प्रजापति शुक्रबार विहान ६ बजे नै भक्तपुर दरवार स्क्वायमा भेटिए ।

प्रतियोगिता सम्पन्न गर्न आयोजक भक्तपुर नगरापालिकाका मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समितिका संयोजक प्रजापति त्यहाँं पुजाआजा गर्दै गर्दा भेटिएका भने होइनन्, बरु कुकुरहरु खोज्न व्यस्त रहेको देखिएका थिए । त्यसैका लागि उनी केही वडा अध्यक्षहरु राजकृष्ण गोरा, उकेश कवां, हरिराम सुवाललगायतकाहरुसहित दर्जनौ मानिसहरुको नेतृत्व गर्दै थिए ।

उनले भने, ‘आज यहाँं भएभरका कुकुरहरुलाई पक्रनुपर्छ ।’ यसैका लागि कोही कुकुरलाई विस्कुट दिएर फकाउँंदै थिए त कोही के खानेकुरा दिएर । कोही भने बोरा लिएर कुकुरलाई भित्र हालेर पक्रने अभियानमा देखिए ।  

भक्तपुर नगरपालिकाद्धारा शुक्रबारदेखि सुरु गरिएको छाडा कुकुर बन्ध्याकरण र रेविजविरद्ध खोप अभियानमा मेयर खटिएका हुन् । कुकुरलाई बन्ध्याकरण र रेविजविरुद्ध खोप नगर्नाले कुकुहरुवीच झगडा हुने, ठूलो समूह देखिने, छाउराछाउरीको संख्या वढ्ने मात्रै नभई कुकुरमा ट्युमर देखिने भएकाले बन्ध्याकरण र रेविजविरुद्ध खोप लगाउने अभियान थालिएको मेयर प्रजापतिले जनाए । त्यस क्रममा केही कुकुरहरुलाई त्यही पक्रेर सुई लगाइदिएको थियो ।

केहीलाई भने गाडीमा राखेर सुई लगाउन लगिएको थियो । सामान्यलाई त्यही र अलि फुर्तिलोलाई पक्रेर क्लिनिकमा लगेर सुई लगाउन लगिएको मेयर प्रजापतिले जनाए । घाँंटीमा सुन्तला रंगको पेटी लगाएको र दायाँं कानको टुप्पो अलि काटिएको कुकुर बन्ध्याकरण गरिएको र रेविजविरुद्ध खोप दिइसकिएको चिनिने जनाइएको छ । 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा पाँंच सदस्यीय कार्यक्रम सञ्चालन समिति गठन गरिएको थियो ।

समितिमा पशु शाखाका उमेशलाल प्रधान, सुरेश कवां, भक्तपुर नगरपालिकाका दीलिपकुमार सुवाल सदस्य रहेका छन् । नगरपालिकाले नगरका टोलटोलमा पुगेर अभियान सञ्चालन गर्ने भएकाले टोलबासीहरुसँंग सहयोगका लागि अपिल गरेको छ । 
 

सम्बन्धित समाचार

कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ /  कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।  कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार

कोरियामा मासुका लागि कुकुर नमार्न अदालतको आदेश

सोल । दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।  बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् ।  साथै यस

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण : कुकुरदेखि पुरानो साइकलसम्म 

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित १८ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् गठन भएको तीन महिनापछि कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक गरेको हो। विवरणअनुसार  प्रधानमन्त्री केपी शर्मा

कुकुरलाई पिटेको निहुँमा अमेरिकामा एक जनालाई सुनाइयो १० वर्षको जेल सजाय 

उत्तर अमेरिका । एक जना पोलिस मूलका म्यासाच्युसेट्स बस्दै आएका अवैधानिक आप्रवासीलाई कुकुरलाई अत्याचार हुने गरी पिटेको निहुँमा १० वर्षको जेल सजाय सुनाइएको छ । अधिकारीहरुले कुकुरलाई निर्दयी भएर मरणासन्न