• २०८१ बैशाख १५ शनिबार

ओली र प्रचण्डले चिनियाँ विदेशमन्त्री भेट्दै

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् ।

ओलीले बिहान ११: १० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् । 

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री  यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११: ४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् । चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्किदै छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै