• २०८१ बैशाख २२ शनिबार

एन्फा अध्यक्ष नेम्वाङको पद जोगियो

kharibot

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ ।

हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङविरुद्ध भएको मतदानमा नेम्वाङविरुद्धको प्रस्ताव पारित हुन नसकेपछि उनी जोगिएका हुन् ।

कुल ८७ जना मतदाता रहेकोमा ३४ जनाले मतदान बहिष्कार गरेका थिए । प्रस्तावको पक्षमा शून्य मत परेको र विपक्षमा अर्थात अध्यक्षको पक्षमा ५२ मत प्राप्त भएको एन्फाले जनाएको छ । त्यस्तै एक मत बदर भएको थियो । 

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै