• २०८१ बैशाख २४ सोमबार

सिराहा प्रहरीद्धारा अवैध लागु औषधसहित युवक पक्राउ

kharibot

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका-५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै