• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा, पर्यटन राज्यमन्त्रीले गरे स्वागत

kharibot

काठमाडौँ ।  शेरबहादुर देउवा भारतको तीनदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री राजधानी नयाँ दिल्ली पुगेका छन् । 

प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

प्रधानमन्त्री देउवाले दिल्लीमा पहिलो भेट भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग गर्दैछन् । शुक्रवार नै देउवा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा शनिबार राजघाट गएपछि सोही दिन ११: १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । 

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२: १५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । 

शनिबार नै दिउँसो ४: ३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । 

प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४: १५ बजे स्वदेश फर्कनेछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै