काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले बयान नसकिएको भन्दै उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो ।
त्यस्तै सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ ।