• २०८१ बैशाख १५ शनिबार

एनएमबि बैंक र दराज बीच सम्झौता

kharibot

काठमाडौँ । एनएमबि बैंकले अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । 

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गरेका हुन् । 

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १ हजार सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछ । 

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रिय गर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्त हुने जानकारी गराएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै