रौतहट । रौतहटको गौरमा आइतबार बिहान एक जनाको शव फेला परेको छ ।
गौर नगरपालिकाको क्रान्ति चोकमा त्यी व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
नगपालिका स्थित वडा नम्बर १ क्रान्ति चोक गेट नजिकैको प्रतिक्षालयमा बिहान करिव ११ बजेको समयमा लडिरहको अवस्थामा अन्दाजी ६०÷६५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
उक्त शवलाई पोष्ट मार्टमको लागि गौर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश बहादुर कुवँरले जानकारी दिएका छन् । शवको अहिलेसम्म सनाखत हुँन नसकेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कुवँरले बताए ।