• २०८१ बैशाख १५ शनिबार

बाघको आक्रमणबाट बारामा युवकको मृत्यु

kharibot

फाइल तस्बीर

बारा । जंगली बाघको आक्रमणबाट बारामा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमारा उमहानगरपालिका वडा नं.१६ टाँगियाबस्ती बस्ने करिब ३१ वर्षिय सुरेस मँगरको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस काट्नका लागि सोमवार जिल्लाको कोल्हबी नगरपालिका वडा नं.२ नजिकै तामागढी सझेदारी वनमा गएका मँगरलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मगरसहिँत जना ४ जना जंगल गएकोमा मगरलाई बाघले आक्रमण गरे पछि अन्य साथीहरुले हो हल्ला गरी बाघलाई भगाएका थिए । 

बाघको आक्रमणबाट गम्भीर घाईते बनेका मगरलाई ३ जनाले घरतर्फ ल्याउँदै गर्दा उनको जंगल कै बाटोमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक संतोष कुमार दाहाल नेतृत्वको टोलीले घटनाको मुचुल्का गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै