• २०८३ कार्तिक ८ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, २२९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, २२९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । 

त्यस्तै देशभर भएका दुर्घटनामा २२९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५३ जना घाइते भएका छन् भने कोशीमा ७८ जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा १८ जना, बागमतीमा १५ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, कर्णालीमा ६ जना र गण्डकीमा २३ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै