• २०८१ बैशाख २८ शुक्रबार

बालिका यौन दुव्र्यवहारको आरोपमा एक पुरुष पक्राउ

kharibot

धनगढी । १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै