• २०८१ बैशाख १६ आइतबार

शाहरुख खान अन्तत: राजकुमार हिरानीको फिल्ममा

kharibot

काठमाडौँ । बलिवुडका किङ शाहरुख खानले अन्तत: चर्चित निर्माता निर्देशक राजकुमार हिरानीको फिल्ममा काम गर्ने भएका छन् । बलिवुडमा सफल निर्देशकको पर्याय मानिने निर्देशक राजु हिरानीको फिल्ममा शाहरुख खानले पहिलो पटक काम गर्ने घोषणा मंगलबार गरिएको हो ।

फिल्मको नाम 'डङ्की' राखिएको छ । यो फिल्म २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ । शाहरुखको त्यसअघि फिल्म पठान २५ जनवरी २०२३ मा रिलिज हुनेछ ।

हिरानी र शाहरुखको कुराकानीको एक टिजर सर्वजनिक गर्दै फिल्मको घोषणा गरिएको छ । फिल्ममा अभिनेत्री तापसी पन्नु पनि हुने छिन । तापसीले सामाजिक संजालमा डङ्कीमा राजकुमार हिरानी र शाहरुखसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेकी छन् ।

बलिवुड फिल्म समीक्षक तरण आदर्शले पनि फिल्म बारे जानकारी दिदै यस महिना डङ्कीको सुटिङ सुरु भएको उल्लेख गरेका छन् । फिल्मलाई राजु हिरानी र अभिजात जोशीले लेखेका हुन् । यो फिल्म जियो प्रोडक्सन, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले निर्माण गर्दै छ ।

राजु हिरानीले हालसम्म ५ वटा मात्रै चलचित्र निर्देशन गरेका छन् तर उनका प्रत्येक चलचित्रले दर्शकको मन–मस्तिष्कमा लामो समयसम्म रेकर्ड राखेका छन् । हिरानीले निर्देशन गरेका फिल्म मुन्नाभाई एमबीबीएस, लगे रहो मुन्नाभाई, ३ इडियट्स, पीके र सञ्जु समीक्षकलगायत दर्शकको मन मात्र जितेका फिल्म होइनन् बक्स अफिसमामा शानदार कमाई गरेका फिल्म हुन् ।

अभिनेता शाहरुख पछिल्लो पटक फिल्म जिरो फ्लप भएपछि ठुलो पर्दामा देखिएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै